काठमाडौं । इन्द्रजात्राका लागि बसन्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
इन्द्रजात्राको मुख्य दिन आज राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ ।
राष्ट्रप्रमुख, प्रधानमन्त्री, सभामुखलगायतको उपस्थिति हुने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।


