काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वर्षभित्रै सरकारले सडकबालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले शनिबार ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका उल्लेख गर्दै यस अवस्थाबाट मुक्त गर्नका लागि लागिपरेको बताए ।
उनले ठूलो सङ्ख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्नेमा जोड दिएका छन् ।


