काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले राम्रो काम गरेमा आफ्नो पार्टीले काठमाडौंका मेयर बालेन शाहलाई साथ दिने बताएका छन् ।
उनले सोमकार प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो धारणा ब्यक्त गरेका हुन् ।
उनले बालेनलाई भने, ‘जनताको हितमा कदम चाल्नुस्, राम्रो कुरा गर्नुस् न । काठमाडौंका प्रमुखले राम्रो काम गर्दा त राम्रै भनिन्छ नि ! उहाँले एउटा काम सुरू गर्नुभएको थियो त्यो कहाँ पुग्यो थाहा छैन । अंग्रेजी नाम राखेका थुप्रै स्कुलहरू छन् तीनिहरूको नाम नेपालीमा राख्नुपर्यो भनेर । त्यो कहाँ पुग्यो रु त्यो गर्नुपर्ने काम हो । तर, जुन काम गर्दा जनतालाई मर्का पर्छ, हिजो सरकारको कानूनअनुसार गरेको निर्णय उल्ट्याउन लाग्दा जनताले कसरी सुरक्षित ठान्ने ?’


