काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघको सम्बोधन र उपस्थितिमा नेपालको शिर झुक्न नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले सोमबार प्रतिनिधिसभामा असोज ४ देखि हुन लागेको आफ्नो भ्रमणबारे जानकारी गराउने क्रममा यस्तो प्रतिवद्धता जनाएका हुन् ।
आन्तरिक राजनीतिका कुरालाई नटेकी संसदलाई आफ्नो भ्रमण र त्यहाँ उठाउने कुराबारे केन्द्रित भएका उनले संयुक्त राष्ट्रसंघमा नेपालको इज्जत तल पर्ने गरी कुनै विषय नराख्ने प्रतिवद्धता पनि जनाए। उनले नेपालको छिमेकी नीति, प्रतिवद्धता, नेपालका हिमालका हिउँ अस्वाभाविक रूपमा पग्लेको विषयलाई पनि प्राथमिकतामा साथ उठाउने उनले बताए।


