काठमाडौं । सरकारले बाढीपहिरो र डुबानमा परेर घाइते भएकाको निःशुल्क उपचार गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकबाट यस्तो निर्णय गरिएको हो ।
बाढी, पहिरो र डुबानमा परेर घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । शनिबार बेलुकासम्म बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।


