काठमाडौं । आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा राजदूत नियुक्तिबारे पनि छलफल हुनेछ।
अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिस गर्ने सम्भावना छ। यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिस भएको थियो। रिजालमाथि इजरायलका लागि राजदूत भएका बेला लगेका सहयोगीलाई स्वदेश फिर्ता नल्याएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि सरकारले राजदूत सिफारिसबाट उनको नाम फिर्ता लिएको थियो।


