काठमाडौं । सर्वोच्च अदालतले सिधा कुरा नामक अनलाइन र त्यसमा संलग्न व्यक्तिहरुलाई कैद हुने फैसला गरेको छ ।
आइतबार सर्वोच्चको वृहत पूर्ण इजलासले निर्णय सुनाउँदै कथित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकेको छ । त्यस्तै सिधाकुराका सम्पादक युवराज कडेल र नविन ढुंगानालाई ३ महिना कैद सुनाएको छ ।
युवराज कँडेल र नविन ढुंगानाले कथित अडिओको सत्य तथ्य परीक्षण नगरी प्रसारण गरेको हुनाले ३ महिना कैद सजाय तोकिएको हो । उनीहरुले लिखितरुपमा अदालत समक्ष माफी मागेमा ७ दिनमात्र कैद बसी अरु कैद निलम्बन हुने भनिएको छ ।
सीधा कुरा अनलाइनलाई ५ हजार जरिवाना तोकिएको छ ।


