काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदैव स्मरणयोग्य रहेको बताएका छन् ।
ओलीले प्रथम स्मृति दिवसको अवसरमा बुधबार नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्झना गरेका हुन्।
ओलीले फेसबुकमा लेखेका छन्, ‘आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो। सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौं क्षणहरु आए। आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी।’
तत्कालीन नेकपा ९एमाले० का उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो।


