काठमाडौं । आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ।
देशका बाँकी क्षेत्रमा आंशिक बदली छ। बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले छिटपुटदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमाआज दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


