काठमाडौं । ट्याक्सी चालकहरूले र्याली निकालेका छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उनीहरूलाई र्यालीमा उतारेका हुन्। उनीहरूले राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने लगायतका माग गरेका थिए।
उक्त र्याली जडिबुटी चोक आइपुग्दा ट्राफिक व्यवस्थापनमा सकस परेको थियो। चालकहरूले जडिबुटी क्षेत्रको बिच सडकमै ट्याक्सी राखेर केहीबेर अवरोध गरेका थिए।


