काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले सरकारमा रहेका दलहरु कांग्रेस र एमाले एक आपसमा मुख्य प्रतिस्पर्धी पार्टी भएकाले सबै कुरा नमिल्ने प्रतिक्रिया दिएका छन् ।
यी दुई पार्टीबीच भएको सात बुँदे समझदारी नै अहिलेको गठबन्धनको मुख्य आधार रहेको महामन्त्री थापाको भनाइ छ।
‘आफ्ना आफ्ना पार्टीका दस्तावेजहरू छन्। हाम्रा घोषणापत्रहरू छन्। हामी भिन्नभिन्न पार्टी हो। हामी लामो समय प्रतिस्पर्धा गर्दै आएको पार्टी हो। भोलि प्रतिस्पर्धा गर्ने पार्टी पनि हो। हाम्रो बीचमा सबैकुरा मिल्छन् भन्ने पनि छैन,’ उनले भने।
संघीयता, समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधित्वलाई थप सुदृढ हुनेगरी संविधान संशोधन गर्नेकुरा सरकारको न्युनतम साझा कार्यक्रमको प्राथमिकतामा रहनुपर्ने उनको भनाइ छ।


