काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उनले नेपालीको महान चाड दसैं, तिहार, छठ नजिकिएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएको हो ।
एमालेका. स्वयं सेवा विभाग प्रमुख खिमलाल भट्टराईले शुक्रबार कार्यवहाक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई लिखित रुपमा ध्यानाकर्षण गराई दसैं, तिहार, छठलाई केन्द्रित गरी सडकको अवस्था सुधार, महँगी नियन्त्रण, सुरक्षा व्यवस्था बलियो बनाउन सुझाव दिएका हुन् । चाडबाडका बेला महँगी नियन्त्रण गर्न सरकारी संयुक्त टोली परिचालन गर्नसमेत एमालेको आग्रह छ । यो सहित एमालेले सरकारलाई प्रभावकारी बनाउन तेस्रोपटक ध्यानाकर्षण गराएको हो ।
‘


