काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्टिफिसियल इन्टेलिजेन्स्को सही प्रयोग गर्नुपर्ने बताएका छन् ।
उनले आइतबार युवा संघ नेपालले आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स् (एआई)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’मा विज्ञसँगको संवादमा सहजकर्ताका रूपमा भूमिका निर्वाह गर्दै यस्तो धारणा राखेका हुन् ।
ओलीले आटिर्फिसियल इन्टेलिजेन्ससम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिए ।


