काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचनका लागि केन्द्रीय संयोजन समिति गठन गरेका छन्।
समितिमा सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत सदस्य छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य पनि सदस्य छन् भने प्रकाश शर्मा सदस्य सचिव छन् ।