काठमाडौं । संस्कृति पयर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र चाड सँगै आएका कारण हवाईजहाजमा चाप बढेको बताएका छन् ।
शुक्रबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यसो भनेका हुन् ।
। मन्त्री पाण्डेले भने, ‘विपद र महान चाडहरुसँगै आएका कारण हवाई चाप बढेको छ। यसलाई कसरी न्यायोचित बनाउने भनेर कुरामा हामी निरन्तर काम गरिरहेका छौं।’
मन्त्री पाण्डेले ट्रेड युनियन लगायतका संघ,संस्थाहरुले सत्य,तथ्य कुरा मात्रै पस्कनु पर्नेमा जोड दिए। मन्त्री पाण्डेले नेपालको आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिन समेत अनुरोध गरेका छन्।