काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले देशमा सुशासन कायम गरेको दाबी गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले शनिबार माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा थालेको अभियानले नेपालकै लागि पहिलो रेकर्ड बनाएको बताए । ।
नक्कली भूटानी शरणार्थी प्रकरणका अभियुक्त पक्राउ गरेपछि अत्तालिएर सरकार ढालिएको तर्क गर्दै दाहालले अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउनकै लागि बनेको बताए ।