काठमाडौं । मकवानपुमा प्रहरीले ११ करोडभन्दा बढीको अवैध सुनसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र भारतको महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने २७ वर्षीय राहुल भिट्टिहाल रहेका छन् ।
प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१५ रातोमाटेबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बिहान ३ बजेको समयमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरूको साथमा ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा बराबरको अवैध सुन फेला परेको हो ।


