काठमाडौं । आफ्नो पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण सहकारी प्रकरणमा फसाइएको भन्दै आजदेखि रास्वपाले आजदेखि काठमाडौंमा आन्दोलन गर्ने भएको छ ।
आज दिउँसो १ बजे काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गर्ने प्रदेश सभापति राजन गौतमले जानकारी दिए ।
पोखरामा रास्वपाले प्रदर्शन गरेपनि जनस्तरबाट समर्थन नदेखिएको टिप्पणी हुँदै आएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।


