काठमाडौं । बिजुली महसुलको बाँकी बक्यौता उठाउनेबारे सरकार र नेपाल विद्युत प्राधिकरणबीच एकमत नरहेकै बेलामा सत्तारुढ दल नेपाली कांग्रेसर्क नेता डा. शेखर कोइरालाले उद्योगीसँग विद्युत् बक्यौता उठाउन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सही कदम चालेको बताएका छन् ।
शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले कुलमानको इस्यूमा सरकार अघि बढेको छ । अस्ति बोर्डको बैठकमा कुलमान जी र मन्त्रीजीको कुरा मिलेन रे । अर्बौँको बक्यौताको कुरा छ । देश ऋण लिएर चलिरहेको छ, सरकार भन्छ – अहिले बक्यौता नलेऊ, बक्यौता लिएन भने देश चल्छ कसरी ?’


