काठमाडौं । आज ३ प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध
काठमाडौं । जल तथा मौसम विभागले अहिले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
यतिबेला ९शुक्रबार बिहान० कोसी र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।


