काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो भएको बताएका छन् । उनले आइतबार गैर आवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘नेपालका लागि केही गर्न उद्देश्य राख्नुभएको छ । जुन देशको नागरिक भए पनि नेपाली हुँ भनिराख्नु भएको छ,’ उनले भने, ‘गैर आवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ । तपाईंहरु रहेको देशमा तपाईंको अनुहार र व्यवहारमा नेपाल देख्छन् । तपाईंले संसार फैलिँदा नेपालको राष्ट्रियता बलियो बनाएको छ ।’


