काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले मंगलबार प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन्।
प्रसाईँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो । उनी ९ दिनअघि पक्राउ परेका थिए ।


