काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीति घुसाउने प्रवृत्ति रोक्नुपर्ने बताएका छन् ।
उनले सोमबार बालुवाटारमा ‘नेपाल संवत् न्हुदँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षण(पत्र बुझ्ने क्रममा यस्तो बताएका हुन् ।
उनले भने, ‘राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ, तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षौं लाग्नसक्छ । यसतर्फ हामी सचेत हुनुपर्छ ।’इन्द्र जात्रा जस्ता पर्वहरूमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवादन तथा विशेष धुनहरु रहेको र यसको संरक्षणमा भइरहेका प्रयासको प्रशंसा गरे ।


