काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अरू पार्टीलाई सिध्याउने गरी दल विभाजन अध्यादेश ल्याए मान्य नहुने बताएका छन् ।
सोमबार कपिलवस्तुमा लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सोमबार पार्टी लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुमा सम्बोधन गर्दै अध्यक्ष नेपालले अरूलाई सिध्याउने हिटलरी शैलीलाई परित्याग गर्न घुमाउरो शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका हुन्।
सरकारले अरू पार्टीलाई टुक्र्याउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने उनले चेतावनी दिए।


