काठमाडौं । आज अपराह्न ४ बजे सत्तारुढ दल नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । यसका साथै व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन दान दिएको कीर्तिपुरको जग्गाका विषयमा पनि छलफल हुनेछ ।
सो जग्गा प्रकरणमा एमाले नेताहरुका फरकफरक धारणा सार्वजनिक भएका छन् । पार्टी कार्यलय निर्माणका लागि भाटभटेनीका संचालक गुरुङबाट जग्गा र निर्माण सहयोग लिने भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।


