काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीका अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच उच्चस्तरको समझदारी भएको बताएका छन् ।
तुलसीपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले मुलुक निर्माणका लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक भएकाले कांग्रेससँग मिलेको बताए ।


