काठमाडौं । आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
समितिको आज बसेको बैठकले काभ्रे, मकवानपुर, सिन्धुली, रामेछाप लगायतका बाढीपहिरोबाट बढी प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


