काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो प्रभावितको उद्धारमा सरकारले सकेको गरेको बताएका छन्।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनलाई बोल्दै अचानक आइपरेको घटना भएकाले कही गल्ती कमजोरी भएको हुनसक्ने बताए।
प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए। क्षतिग्रस्त भएका खानेपानी,सडक,टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उनको भनाइ।
संरचनागत त्रृटि भएका कारणले पनि केही क्षति बढी भएको बताए।


