काठमाडौं । काठमाडौंमा चिसो बढ्न थालेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस रहेको छ ।
यसअघि मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम मनसुनरपोस्ट मनसुनयताकै कम १३ डिग्री सेल्सियस थियो। आज यसभन्दा पनि मुनि झरेको हो।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम तथा सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।