काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा माओवादी केन्द्रको जित्ने बताएका छन् ।
उनले बुधबार काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौँ, हामी बदलिन चाहन्छौँ अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोलटोल र घरघरमा पुग्नुहोस् ।’ उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदैछ ।


