काठमाडौं । बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से १.८८ अंकले घटेको हो ।
आज पाँच अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । एक करोड १६ लाख कित्ता सेयर ५५ हजार २३८ पटकमा खरिद बिक्री भएको छ ।
बजार घटेपनि नारायणी डेभलपमेन्ट बैंक, बलेफी हाइड्रो, पिपुल्स हाइड्रो, समृद्धि फाइनान्स, राप्ती हाइड्रोको सेयर उच्च कारोबार गर्ने शीर्ष कम्पनीमा परे ।
उपसूचकतर्फ विकास बैंक, फाइनान्स, जलविद्युत्, म्युचअल फण्ड तथा व्यापार समूहको सेयर मूल्य बढ्दा बाँकी समूह घटेका छन् ।