काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्न देशभर निम्ति अभियान चलाउने उद्घोष गरेका छन्।
पूर्व प्रधानमन्त्री उनले आज मकवानपुरको थाहा नगरपालिकामा वाईसीएलको दोस्रो नगर सम्मेलनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै नआउने उल्लेख गरे । व्यवस्था परिवर्तनको सुरुआती दिनदेखि नै आफूहरूले उक्त मुद्दा उठाउँदै आएको उनले बताए ।
आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको कर्जा मिनाहा गरेर जनतालाई राहत दिएको बताए ।