काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिको आफू नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको दावी गरेका छन्।
पूर्व प्रधानमन्त्री उनले बुधबार नेकपा माओवादी केन्द्र गोरखाले सदरमुकाममा आयोजना गरेको एक कार्यक्रममा यस्तो दावी गरेका हुन् ।
‘एउटा ठूलो अन्धकारबाट उज्यालोतिर देशलाई लैजाने काम हामीले गर्यौँ,’ प्रचण्डले भने, ‘त्यो माओवादीले गरेको एक ऐतिहासिक काम हो।’ उनले १८ घण्टासम्म लामो लोडसेडिङबाट जनता आजित भएका बेला तत्कालीन माओवादी नेतृत्वको सरकारले गरेको लिएको नीति र प्राधिकरणमा सही नेतृत्वलाई जिम्मेवारी दिएका कारण देश लोडसेडिङबाट मुक्त भएको बताए।


