काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार उल्ट्याएर आफूहरूको सरकार बन्ने दाबी गरेका छन् । उनले शनिबार काभ्रे–काठमाडौँ सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।
‘हामी ३२ भएको हुनाले विपक्षी दलको नेता छ, विपक्षी दल भनेको गभर्मेन्ट अफ वेइटिङ अर्थात् पर्खिरहेको सरकार हो। त्यसकारण यो सरकारलाई उल्टाएर बन्ने सरकार हाम्रो हो। त्यसकारण हामी चिन्तित हुनुपर्ने कुनै कुरा छैन,’ अध्यक्ष प्रचण्डले भने।
उनले यसअघि आफ्नो दलसँग म्याजिक सिट रहेको उल्लेख गर्दै अहिले पनि त्यस्तै रहेको पनि जिकिर गरे


