काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा औपचारिक भ्रमणका क्रममा बिहीबार चीन जाँदै छिन् । प्रधानमन्त्रीको भ्रमणका एजेन्डा तय गर्ने गरी परराष्ट्रमन्त्रीको चीन भ्रमण हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि सुरु गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा आजै चीन जान लागेकी हुन् ।
मन्त्री राणाले शुक्रबार (मंसिर १४) चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको छ ।
भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।


