काठमाडौं । आज राति १द्द बजेबाट यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनको मौन अवधि सुरु हुँदैछ ।
मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था छ । निषेधित अवधिमा कुनै पनि उमेदवार वा अन्य व्यक्तिले निर्वाचनको प्रचारप्रसार गर्न पाउँदैन । आगामी आइतबार मतदान हुँदै छ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ ।


