काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।


