काठमाडौं । आज देशका केहस् भूभागमा वर्षा हुनसक्ने जल तथा मौसम विभागले जनाएको छ ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार दिउँसो कोसी प्रदेशलगायत बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो।
यसैगरी दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।
यसैबीच दिउँसो काठमाडौँ उपत्यकमा पनि क्षणिक वर्षाको सम्भावना देखिएको छ। ।


