काठमाडौं । सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले खोरमा थुनिँदैमा बाघ स्याल नहुने प्रतिक्रिया दिएका छन् ।
मंगलबार लामिछानेलाई पोखराबाट बुटवलको सुप्रिम सहकारीको अनुसन्धानका लागि बुटवल लगिएको छ। मंगलबार बिहान बुटवल पुर्याइएका लामिछानेलाई दिनभर जिल्ला सरकारी वकिल कार्यालय परिसरमा प्रहरीकै अघि अर्को प्रतिक्रिया दिएका छन्।
सरकारी वकिल कार्यालय अघि बसेका समर्थकलाई हात हल्लाउँदै उनले भनेका छन्, ‘खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन के।’


