काठमाडौं । गृहमन्त्री रमेश लेखक चाडपर्वले परिवार र समाजलाई जोड्ने काम गर्ने बताएका छन् ।
शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दीपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले एउटा परिष्कृत समाज निर्माणका लागि जरुरी भन्दै चाडपर्वको अवसरमा जमघट र भेलाहरूमा उपस्थित हुने कुराको आफैँमा ठुलो महत्त्व रहेको बताए । उनले ऋषिमुनीहरुले धेरै ठुलो अध्यापन र अनुभवपछि यी पर्वहरूको निर्माण गरेको लेखकले बताए ।


