काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफू सदैव तत्पर रहेको बताएका छन् । उनले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफलका क्रममा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
‘हामीले राष्ट्रिय स्वार्थ र न्यायोचित कुरालाई हेर्नुपर्छ। देशको समृद्धिमा कसरी लाभ पुग्छ भन्ने कुरालाई केन्द्रमा राख्नुपर्छ।’, आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘कुनै लहड, स्वार्थ वा नेपालका विद्यार्थी विदेशमा पढ्न जान बाध्य बनाउने गलत स्वार्थमा लाग्नु हुँदैन।’
सरकारी मेडिकल कलेजमा क्षमता भए बमोजिम विद्यार्थीको सिट सङ्ख्या निर्धारण तथा निजी मेडिकल कलेजमा तोके बमोजिम शुल्क र छात्रवृत्ति व्यवस्थापनका लागि राय परामर्श गरिएको छ।


