काठमाडौं । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन्।
९७ बर्षीया पूर्व मुमाबडामहारानी शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
चिकित्सकहरूका अनुसार उनको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य रहेको बताइएको छ । उनलाई केही दिन अस्पतालमै राखेर उपचार हुने बताइएको छ ।


