काठमाडौं । कोप–२९ मा सहभागी भएर राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान स्वदेश फर्किएका छन् ।
उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत २५ गते अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन बाकु गएका थिए ।
अजरबैजानबाट कतारको राजधानी दोहा हुँदै राष्ट्रपति पौडेलको टोली शुक्रबार बिहान स्वदेश आइपुगेको हो । राष्ट्रपति पौडललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष ,उपसभामुखलगायत उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए ।


