काठमाडौं । सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिने भएको छ ।
उनलाई भैरहवाको बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलनको अनुसन्धानमा बयानका लागि त्यसतर्फ लान लागिएको हो ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा यस अघि नै लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।


