काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ । उनी सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका उनीसँग हिजोदेखि नै रुपन्देहीमा बयान लिन थालिएको थियो ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा रविलाई मंगलबार बुटवल लगिएको थियो । पोखरा प्रहरीको हिरासतमा रहेका उनलाई बुटवल पुर्याइएको थियो । बयान सकिएपछि उनलाई पोखरा नै फिर्ता पठाइने रुपन्देही प्रहरीले जनाएको छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी तरिकाले लगेको पाइएको छ ।


