काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र सरकारबाट हट्नु परेकोले अनावश्यक विवादमा उत्रिएको आरोप लगाएका छन् ।
उनले हिजो बेलुका विराटनगरमा पत्रकारहरूको जिज्ञासामा यस्तो आरोप लगाएका हुन् ।
अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपीपी) मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको भन्ने प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आरोपमा एमाले अध्यक्षसमेत रहेका प्रधानन्त्री ओलीले अहिले एसपीपीको कुनै कुरा वा चर्चा नै नभएको जवाफ दिए।


