काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले गल्ती गर्ने कसैलाई पनि नछोड्ने बताएका छन् । .उनले विहीबार गुल्मीमा नेकपा (एमाले) रेसुंगा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई सदरमुकाम तम्घासमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
राजनीतिक अस्थिरता अन्त्य गर्न, ओरालो लागेको अर्थतन्त्रलाई उकास्न तथा सुशासन कायम गर्ने प्रयासमा सरकार रहेको उनको भनाइ थियो ।
“मालेले सत्तामा बस्दा होस् वा प्रतिपक्षमा, चुनाव जित्दा होस् वा हार्दा सधैँ जनताको पक्षमा काम गर्दै आएको छ,” उपमहासचिव ज्ञवालीले भने ।


