काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले जलनका सबै विरामीको उपचार निःशुल्क गर्ने बताएका छन्।
मंगलवार अपरान्ह जलन पीडितहरूसँगको छलफलमा उनले जलन पीडितका लागि उपचार सेवाको विस्तार जिल्ला अस्पतालसम्म गर्ने प्रयासमा आफू लागिपरेको पनि बताए। हाल सरकारले ८ वटा अस्पतालमा सो व्यवस्था गरे पनि त्यसलाई जिल्ला अस्पतालसम्म पुर्याउने योजना तय गरिएको पनि मन्त्री पौडेलले बताए।
चालू आर्थिक वर्षका लागि मन्त्रालय आफैँले र आगामी आर्थिक वर्षदेखि विनियोजित बजेटमा नै समावेश गर्ने गरी कस्मेटिक बाहेकका जलन विरामीको उपचार निःशुल्क गर्ने गरी सम्बन्धित अस्पताललाई परिपत्र गरिएको मन्त्री पौडेलको भनाइ थियो।


