काठमाडौं । सत्ता साझेदार दल नेपाली काग्रेसकै नेता डा. शेखर कोइरालाले सरकारले संविधान संशोधनको कार्य सुरु नगरेकोप्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।
उनले आज काग्रेस त्रियुगाले उदयपुरमा आयोजना गरेको विपी कोइरालाको सालिक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै सात बुदेँ सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमति अनुसार कुनै काम नगरेको बताएका छन् ।
नेता कोइरालाले वर्तमान सरकार संविधान संशोधन लगायतका महत्वपूर्ण काम गर्ने गरी कांग्रेससंगको ७ बुँदे सहमतिमा निर्माण भएको बताउँदै सरकारले संविधान संशोधनको कार्य शुरु नगरेकामा आपत्ति जनाए ।


