काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरूले १५ दिनभित्र बक्यौता नतिरे पुनः आफ्नो प्रक्रियामा लाग्ने चेतावनी दिएका छन्।
बुधबार रत्नपार्कस्थित प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
‘१५ दिनभित्र नतिरे हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौँ। सरकारले नै १५ दिनमा उठाउन भनेको छ। यो सरकार, ऊर्जा मन्त्रालय सबैको एकमुष्ट दायित्वमा आएको छ,’ घिसिङले भने।
त्यतिबेला सम्म पनि बक्यौता नउठे सरकार र ऊर्जा मन्त्रालयले जिम्मेवारीपूर्वक उठाउनेतिर अघि बढ्ने विश्वास लिएको उनको भनाइ छ।
‘


